0
प्रतिक्रिया
पाेखरा । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबार सुन तोलामा तीन हजार र चाँदी ४० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ३५ हजार रुपैयाँ कायम भएको थियो । त्यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेके थियो ।
यता शुक्रबार तीन हजार ८५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज ४० रुपैयाँले बढेर तीन हजार एक सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
Copyright © 2024 | All rights reserved.