असोज २७, २०८२, सोमबार

देशभर आंशिक बदली, कोशीको पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


Advertisement Image
clock icon 4 hours, 47 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यद्यपि, महाशाखाले कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

आज राती देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

Copyright © 2024 | All rights reserved.