0
प्रतिक्रिया
पोखरा । पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
सोमबार उनीविरुद्ध भन्सार छलेको र संगठित अपराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
महरासँग आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ ।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ।
उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
Copyright © 2024 | All rights reserved.