0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ असोज २९ गते बुधबार, इस्वीसंवत अक्टोबर १५ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णपक्षको नवमी तिथि दिनमा २ः४६ मिनेटसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा तिष्य दिनमा ४ः५५ मिनेटसम्म त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ९ घटि ५० पलासम्म त्यसपछि साध्य योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ ।
सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २८ घटि ४२ पला अर्थात ११ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०४ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः३३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः०९ बजे र अस्ताउने समय भोलि दिनमा २ः१२ बजे रहेको छ । आज विश्व हात धुने दिवस, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस रहेको छ ।
आजको राशिफल
मेषः आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न हुँदैनन् । पढाईलेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास हुने अधिक सम्भावना छ । बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय छ ।
वृषः आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तु प्राप्तिको गतिलो योग छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ । रमाईलो यात्रा तय हुनेछ । विद्यार्थीले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरूको राम्रो सहयोग पाईने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।
मिथुनः आज समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका काम बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटा साँघुरा हुनेछन् । लामो दुरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्ये धन आर्जन गर्न सकिनेछ ।
कर्कटः आज समय निकै महत्वपूर्ण छ । आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले काम गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालतका निर्णय तपार्इँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेका लागि समय उत्तम छ ।
सिंहः आज समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला । आजको कामको ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।
कन्याः आज समय राम्रो छ । विभिन्न अवसर आउने हुँदा त्यसलाई मनग्गे आम्दानीमा रुपान्तरण गर्न सकिनेछ । पढाईलेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरु प्रशन्न हुनेछन् । छोटो तथा रमाइलो यात्राको अधिक सम्भावना छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुशियाली छाउनेछ ।
तुलाः आज समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धित सामान्य समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । अध्ययनमा रुचि नजाँदा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाएर आम्दानी बढाउन सकिनेछ ।
वृश्चिकः आज समय उपयुक्त छैन । साथीभाइ, आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धित समस्या आउँन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान, सम्मान तथा प्रतिष्ठामा कमिको महसुस हुनेछ । पढाइलेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना छ । व्यवसायमा समय दिएर पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
धनुः आज समय राम्रै रहने छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्या स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाइँको काममा सहयोग हुनेछ । पढाइलेखाइमा अरुभन्दा अग्रपङ्तिमा तपाईको नाम आउँनेछ ।
मकरः आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आय स्रोतमा वृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारीसाधन प्राप्तिको योग छ । मध्यान्हपछि लामो दुरीको विदेश यात्रा तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ ।
कुम्भः आज दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरू बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईँकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग छ ।
मीनः आज समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुःखी बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईँले शुरु गर्नुभएका काममा बाधा तथा अवरोध खडा गर्नेछन् । पढाइलेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
साहित (यात्रा): सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः०१ बजेदेखि ७ः२८ बजेसम्म लाभ बेला
बिहान ७ः२८ बजेदेखि ८ः५५ बजेसम्म अमृत बेला
बिहान ८ः५५ बजेदेखि १०ः२३ बजेसम्म काल बेला
बिहान १०ः२३ बजेदेखि ११ः५० बजेसम्म शुभ बेला
दिनमा ११ः५० बजेदेखि १ः१८ बजेसम्म रोग बेला
दिनमा १ः१८ बजेदेखि २ः४५ बजेसम्म उद्धेग बेला
दिनमा २ः४५ बजेदेखि ४ः१२ बजेसम्म चर बेला
दिनमा ४ः१२ बजेदेखि ५ः४० बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः४० बजेदेखि ७ः१२ बजेसम्म अमृत बेला
साँझ ७ः१२ बजेदेखि ८ः४५ बजेसम्म काल बेला
राति ८ः४५ बजेदेखि १०ः१८ बजेसम्म शुभ बेला
राति १०ः१८ बजेदेखि ११ः५० बजेसम्म रोग बेला
राति ११ः५० बजेदेखि १ः२३ बजेसम्म उद्धेग बेला
राति १ः२३ बजेदेखि २ः५६ बजेसम्म चर बेला
रातिमा २ः५६ बजेदेखि ४ः२८ बजेसम्म लाभ बेला
रातिमा ४ः२८ बजेदेखि ०६ः०१ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.