असोज ३०, २०८२, बिहीबार

मणिपाल शिक्षण अस्पतालका कर्मचारीको तलब बढ्याे


Advertisement Image
clock icon 20 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले कर्मचारीको तलब बढाएको छ ।

न्यून पारिश्रमिकमा काम गराएर नर्सिङ कर्मचारीमाथि श्रम शोषणको आरोपको खण्डन गर्दै,अस्पतालले आरोपहरू भ्रामक र तथ्यहीन भएको दाबी गरेको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ’अस्पताल त्यस्ता आरोपप्रति गम्भीर आपत्ति प्रकट गर्दछ।’

मणिपाल शिक्षण अस्पताल विगत तीन दशकदेखि गण्डकी प्रदेशमा गुणस्तरीय, सुरक्षित र उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

अस्पतालका अनुसार, नर्सिङ कर्मचारीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ मासिक तलब र अन्य तोकिएका सुविधाहरू अनुसार नै तलब प्रदान गर्दै आएको जनाएको छ ।

यस्तै, नयाँ तलब तथा भत्ता समेत घोषणा गरेको छ । नयाँ निर्णयअनुसार बिएस्सी र बिएन स्टाफ नर्सलाई २९ हजार ५ हजार ८७ मासिक तलब भत्ता तोकेको छ ।

यस्तै, पिसिएल स्टाफ नर्सका लागि २८ हजार ५ सय २७ र सिएमए र अनमीका लागि २६ हजार ५ सय २७ तलब तोकेको छ । यसबाहेक अस्पतालले नर्सिङ कर्मचारीहरूलाई खाना बापत ६ सय रुपैयाँ र आवासीय होस्टेल सुविधा दिइरहेको जनाएको छ ।

तर पूरा तलब पाउन काम गरेको १ वर्ष पुग्नुपर्ने सर्त राखेको छ । नर्सहरूले गरेको आन्दोलनमा भने अस्पतालले आपत्ति जनाएको छ । 

Copyright © 2024 | All rights reserved.