0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ ।
सुनको भाउ तोलामा चार सय रुपैया बढ्दा चाँदीको भाउ ८५ रुपैयाँ घटेको हो ।
मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँका खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा आठ हजार एक सय रुपैयाँ वृद्धि भएको थियो ।
बुधबार कायम भएकाे सुनकाे भाउ हालसम्मकै उच्च हाे ।
यता मंगलबार तीन हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार तीन हजार दुई सय ४० रुपैयाँ कायम भएको छ ।
Copyright © 2024 | All rights reserved.