0
प्रतिक्रिया
काठमाडौँ । सुपर सिक्सका दुई खेल बाँकी छँदै नेपाल टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा जारी आईसीसी टी २० विश्वकप एसिया-इएपी छनोटमा बुधबार कतारले जापानलाई तथा युएईले समाओलाई हराएपछि नेपाल विश्वकपका लागि छनोट भएको हो ।
साथै ओमान पनि नेपालसँगै विश्वकपका लागि छनोट भएको छ । नेपालले बुधबार राति नै ८ः४५ बजे ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमनसँग यसअघि भएका अधिकांश खेलमा नेपाल विजयी हुँदै आएको छ । टी २० आईमा नेपाल युएईमाथि हेड टू हेडमा पनि अघि छ । यी दुई टिमबीच भएको ११ टी २० आई खेलमा नेपालले ६ खेल जित्दा युएईले ५ जित हात पारेको छ ।
युएईसँग जीत हार जे भए पनि नेपाललाई विश्वकप छनोटमा कुनै समस्या नपरे शीर्ष स्थानमा रहेर उपाधिका लागि भने महत्व राख्नेछ ।
शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा स्थान पक्का गरेको हो ।
समूह चरणमा दुई खेल जितेर सुपर सिक्स पुगेको नेपालसँग २ अंक बोनस थियो । घरेलु टोली ओमान र युएई पनि समूह चरणमा अपराजित रहँदै २-२ अंक जोडेको थियो ।
नेपालले सुपर सिक्समा युएई र कतारलाई हराएर विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको थियो । तीन खेलबाट नेपाल र ओमानको समान ६ अंक छ ।
नेटरनेटका आधारमा भने ओमान अघि छ । अब युएई र जापानमध्ये एक टिमको मात्र ६ अंक पुग्नेछ । त्यसले नेपाललाई कुनै फरक पर्दैन ।
अब नेपाल र ओमानबीचको खेलको नतिजाले एक टिमको अपराजित यात्रा भने टुङ्गिनेछ । जित्ने टिम भने छनोटको च्याम्पियन बन्ने यात्रामा अघि बढ्नेछ ।
Copyright © 2024 | All rights reserved.