कात्तिक ०३, २०८२, आइतबार

तोलामा ४८ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?


Advertisement Image
clock icon 11 hours, 35 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार आठ सय र चाँदी ७५ रुपैयाँ घटेको छ ।

गत शुक्रबार प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार घटेर दुई लाख ५३ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यता, शुक्रबार प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ कायम भएको असली चाँदीको मूल्य आइतबार घटेर तोलामा तीन हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.