0
प्रतिक्रिया
पोखरा। पोखराको बाटुलेचौरमा रहेको कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिमा चयन भएका पदाधिकारी र सदस्यको पदस्थापन गरिएको छ ।
हालै सम्पन्न समितिको छैटौं अधिवेशनबाट चयन भएका अध्यक्षमा कर्णबहादुर खड्का सहितका सदस्य तथा सल्लाहकारलाई पदस्थापन गरिएको हो ।
उनीहरुलाई निवर्तमान अध्यक्ष दुर्गा केसी थापा र निर्वाचन समितिका संयोजक रामबहादुर बाँनियाले पदस्थापन गराए ।
अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार बेनीबहादुर बस्नेत, हिमालय क्लवका अध्यक्ष मोहन थापा, समितिका कोषाध्यक्ष बलराम भट्टराईलगायतले सामाजिक संघ संस्थामा हुने असल नेतृत्वले संस्थाको चौतर्फी विकासमा ठुलो योगदान पुर्याउने बताए ।
कार्यक्रमको संचालन कालिका मन्दिरका मुल पुजारी एवं समितिका सचिव नारायणप्रसाद देवकोटाले गरेका थिए । अधिवेशनले खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको थियो।
समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा नारायण देवकोटा, सहसचिवमा कुलबहादुर खत्री,कोषाध्यक्षमा बलराम भट्टराई र सदस्यमा जीवनारायण श्रेष्ठ, जयलाल भट्टराई, रुद्रप्रसाद तिमिल्सीना,शारदा देवकोटा,सागर देवकोटा,शरदचन्द्र देवकोटा, पार्वती तिम्सिना र पदेन सदस्यमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना रहेका छन् । त्यस्तै आमन्त्रित सदस्यमा रमेश अधिकारी, हरिबहादुर बाँनिया र रिता काफ्ले चयन भएको सचिव नारायणप्रसाद देवकोटाले जानकारी दिए । समितिको पदावधि ३ वर्षको छ ।
Copyright © 2024 | All rights reserved.