फागुन १८, २०८२, सोमबार

यस्तो रहनेछ आजको मौसम


Advertisement Image
clock icon 4 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

यद्यपि, कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

आज रातिको समयमा भने देशभर मौसम मुख्यतया सफा रहनेछ।

Copyright © 2024 | All rights reserved.