कात्तिक ०४, २०८२, सोमबार

नवलपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते


Advertisement Image
clock icon 13 hours, 23 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नवलपुरमा आज बिहान स्कुटरलाई तेल ट्याङ्करले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका वडा नं १३ मैनाघाटका ४२ वर्षीय बिरबहादुर सिँजाली छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सिंजालीलाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैगरी सोही दुर्घटनामा स्कुटरको पछाडि सवार मध्यबिन्दु-७ अम्रसाका २३ वर्षीय चन्द्रबहादुर गाहा र मध्यबिन्दु-९ वसन्तपुर बस्ने ३१ वर्षीय समीरजंग कुमाल घाइते छन् ।

उनीहरूको मध्यबिन्दु प्रादेशिक अस्पतालमै उपचार भइरहेको बताइएको छ ।

चोरमाराबाट अरुणखोलातर्फ जाँदै गरेको लु५५प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ६६३४ नम्बरको तेल ट्याङ्करले मध्यविन्दु नगरपालिका वडा नं ८ गडारखोला नजिकै ठक्कर दिएको हो ।

दुर्घटनामा ट्याङ्कर पल्टिएर सडक मुनि पुगेको छ । ट्याङ्कर चालक सल्यानका ४७ वर्षीय खलकराम भण्डारीलाई नियन्त्रणमा लिएर दुर्घटनाकारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.