कात्तिक ०४, २०८२, सोमबार

सुन-चाँदीको भाउ सामान्य वृद्धि


Advertisement Image
clock icon 12 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा लक्ष्मी पूजाको दिन सोमबार सुनचाँदीको भाउ सामान्य वृद्धि भएको छ ।

सोमबार सुन तोलामा तीन सय र चाँदी पाँच रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ गत शुक्रबार हालसम्मकै उच्च प्रतितोेला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइतबार प्रतितोला तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउसमेत गत शुक्रबार हालसम्मकै उच्च तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

Copyright © 2024 | All rights reserved.