कात्तिक ०८, २०८२, शुक्रबार

स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु


Advertisement Image
clock icon 2 days, 6 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

चितवन । चितवनमा मंगलबार बिहान स्कुटर दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ ।

विमानस्थल नजिकै स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं २१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउने बित्तिकै उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Copyright © 2024 | All rights reserved.