कात्तिक ०८, २०८२, शुक्रबार

भाइटीकाकाे दिनमा राशिफल


Advertisement Image
clock icon 15 hours, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ कात्तिक ६ गते बिहीबार, इस्वीसंवत अक्टोबर २३ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिकशुक्लपक्षको द्धितीया तिथि रातिमा ८ः२४ मिनेटसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ । नक्षत्रमा विशाखा राति ३ः४६ मिनेटसम्म त्यसपछि अनुराधा लाग्नेछ । विष्कुम्भादि योगमा आयुष्मान ५७ घटि १६ पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २८ घटि ११ पला अर्थात ११ घण्टा २१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०९ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहान ७ः३६ बजे र अस्ताउने समय साँझमा ६ः१७ बजे रहेको छ । आज भाइटीका र किजा पूजा रहेको छ । आज भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे रहेको छ । आज मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको छ । आज चन्द्रमा पश्चिम दिशामा हुने भएकाले टीका लगाउने दाजभाइ पश्चिम मुख गरी टीका थाप्नु उपयुक्त हुनेछ । बिहीबारको दिन परेकाले दाजुभाइ या दिदीबहिनी दुवैका मुख दक्षिणतर्फ नपार्दा अति राम्रो हुनेछ ।   

आजको राशिफल

मेषः आज तुला राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्ये लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम शुरू हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । 

वृषः आज स्वास्थ्य राम्रो रहनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । 

मिथुनः आज समय खराब रहनेछ । तुला राशिको चन्द्रमाको प्रभावले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । 

कर्कटः आज बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । 

सिंहः आज व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । 

कन्याः आज शत्रुस्थानको चन्द्रमाले दैनिक कार्यमा विघ्नबाधा आउनेछ । विभिन्न अवसर आए पनि ति अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईँलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाई हुनेछ । 

तुलाः आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । 

वृश्चिकः आज जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क हुन आवश्यक छ। वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकारात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । 

धनुः आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानीनोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । 

मकरः आज स्वास्थ्य सबल रहनेछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । 

कुम्भः आज स्वास्थ्यमा पनि समस्या आउन सक्छ । बोली-वचनमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ । 

मीनः आज लाभ हानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचे जस्तो हुने छैन । काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । सामाजिक काममा रुचि बढ्नेछ ।

साहित (यात्रा): सूर्य तुला राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०६ बजेदेखि ७ः३२ बजेसम्म शुभ बेला
बिहान ७ः३२ बजेदेखि ८ः५७ बजेसम्म रोग बेला
बिहान ८ः५७ बजेदेखि १०ः२२ बजेसम्म उद्धेग बेला
बिहान १०ः२२ बजेदेखि ११ः४८ बजेसम्म चर बेला
दिनमा ११ः४८ बजेदेखि १ः१३ बजेसम्म लाभ बेला
दिनमा १ः१३ बजेदेखि २ः३९ बजेसम्म अमृत बेला
दिनमा २ः३९ बजेदेखि ४ः०४ बजेसम्म काल बेला
दिनमा ४ः०४ बजेदेखि ५ः३० बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः३० बजेदेखि ७ः०४ बजेसम्म रोग बेला
साँझ ७ः०४ बजेदेखि ८ः३९ बजेसम्म उद्धेग बेला
राति ८ः३९ बजेदेखि १०ः१४ बजेसम्म चर बेला
राति १०ः१४ बजेदेखि ११ः४८ बजेसम्म लाभ बेला
राति ११ः४८ बजेदेखि १ः२३ बजेसम्म अमृत बेला
राति १ः२३ बजेदेखि २ः५७ बजेसम्म काल बेला
रातिमा २ः५७ बजेदेखि ४ः३३ बजेसम्म शुभ बेला
रातिमा ४ः३३ बजेदेखि ०६ः०७ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.