फागुन १८, २०८२, सोमबार

नेपाल दाेस्राे खेलमा पनि पराजित


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ।

यस हारसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो पराजय बेहोरेको छ। यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भएको थियो।

नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए भने लोकेश बमले १४ रन तथा आदिल आलमले १३ रनको योगदान दिएका थिए।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २-२ विकेट लिएका थिए।

जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले मात्र ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

दक्षिण अफ्रिकाका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाएका थिए। नेपालका लागि भने लोकेश बमले २ विकेट लिएका थिए।

Copyright © 2024 | All rights reserved.