फागुन १८, २०८२, सोमबार

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरकतर्फको मौका परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ।

बोर्डका अनुसार असोज ७ र ८ गते सञ्चालन भएको उक्त परीक्षामा एक लाख चार हजार २६ विद्यार्थी सहभागी भएका थिए।

परीक्षामा सहभागी भएकामध्ये ७६ हजार तीन सय ६७ जना (७३.४१ प्रतिशत) परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। बोर्डले चार परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ।

परीक्षार्थीहरूले पूरकतर्फको मौका परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी थाहा पाउन सक्नेछन्।

Copyright © 2024 | All rights reserved.