माघ ०३, २०८२, शुक्रबार

सुनचाँदीको मूल्यमा भारी गिरावट


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

गत शुक्रबारको तुलनामा आइतबार एकै दिन सुनको भाउ तोलामा छ हजार नौ सय रुपैयाले घटेको हो।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार गत शुक्रबार प्रतितोला दुई लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार घटेर दुई लाख ४२ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, शुक्रबार प्रतितोला तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार घटेर तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ हालसम्मकै उच्च गत असोज ३१ म प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.