माघ ०३, २०८२, शुक्रबार

आज सुदूरपश्चिम-लुम्बिनी र जनकपुर-पोखरा भिड्दै


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स तीन खेलमा एउटा मात्र जितेर अङ्क तालिकाको छैटौँ स्थानमा छ। उता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ (६ अङ्क)।

सुदूरपश्चिम आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा छ।

अर्को खेलमा, अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर बोल्ट्स र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स जित आफ्नो पोल्टामा पार्ने दाउमा छन्। यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.