माघ ०३, २०८२, शुक्रबार

शान्ति निकेतनमा वार्षिक खेलकुद महोत्सव शुरू


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा, पर्स्याङस्थित शान्ति निकेतन विद्यालयको वार्षिक खेलकुद महोत्सव बिहीबारदेखि शुरू भएको छ।

‘स्वस्थ मन, खुसी मुटु, खेलकुदमार्फत् सफल जीवन’ भन्ने नारासहित शुरू दुई दिवसीय खेलकुद कार्यक्रमको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङले गरे ।

गुरुङले सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी वर्षदेखि शान्ति निकेतन विद्यालयलाई पोखरा रंगशाला मैदानमा वार्षिक खेलकुद महोत्सव आयोजना गर्न आवश्यक सहयोग उपलब्ध गराइने घोषणा गरे ।

यसले विद्यार्थीहरूलाई अझ ठूलो अवसर र अनुभव प्राप्त हुने उनले उल्लेख गरे ।

प्राचार्य डा. महेश्वर पराजुलीले विभिन्न तहका खेल प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यालयका गौरवशाली विद्यार्थीहरूको प्रशंसा गरे।

उनले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा पुर्याउने महत्वपूर्ण योगदानबारे जोड दिए।

विद्यार्थीहरूले आकर्षक तेक्वान्दो डेमो तथा मार्चपास प्रस्तुत गरी उद्घाटन समारोहलाई ऊर्जाशील र रोमाञ्चक बनाएका थिए।

Copyright © 2024 | All rights reserved.