फागुन १८, २०८२, सोमबार

पोखरामा यःमरी महोत्सव सम्पन्न


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं.४ को आयोजनामा यःमरी महोत्सव सम्पन्न भएको छ ।

नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले पोखराको पुरानो वस्तिका रूपमा रहेको रामकृष्ण टोल, गणेश टोल, भैरव टोल र विन्ध्यवासिनी सम्मको क्षेत्रलाई सम्पदा क्षेत्रका रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको बताए।

विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएका १५ ओटा दिगो पर्यटन विकासका परियोजना अन्तरगत सम्पदा क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिने उनले बताए।

पोखरा महानगरपालिका स्थानीय, परम्परागत र मौलिक संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए।

महोत्सवमा विभिन्न प्रकारका यमरीका परिकार प्रदर्शनीमा राखिएको थियो भने साँझ सांस्कृतिक कार्यक्रमसमेत गरिएको वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए ।

नेवारी संस्कृतिमा प्रचलित यःमरी एक विशेष प्रकारको परिकार हो ।

Copyright © 2024 | All rights reserved.