0
प्रतिक्रिया
काठमाडौँ । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ। स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ।
नेपालभन्दा बलियो मानिएको चिनियाँ ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ; चिनियाँ ताइपेइ ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ।
सन् १९७७ मा अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो।
सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालको सहभागिता भने एसियन कपको समूह चरणको खेलमामात्र सीमित बनेको देखिन्छ।
यस सिरिजअन्तर्गत मङ्सिर १० गते भएको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २-१ गोलअन्तरले पराजित भएको थियो, जबकि चिनियाँ ताइपेइले भने इन्डोनेसियामाथि ५-० गोलको जित निकालेको थियो।
Copyright © 2024 | All rights reserved.