0
प्रतिक्रिया
पोखरा। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् ।
सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्।
मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् ।
यो खेल बिहान ११:४५ मा शुरू हुँदैछ ।
दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४:०० बजे भिड्ने छन्।
साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ ।
चार खेलमा जितबिहीन जनकपुरका लागि सान्त्वना जितको खाँचो छ ।
चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ।
चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ।
दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ।
चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ।
१९ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ।
अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ।
एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ।
पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक छ।
रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर दोस्रो स्थानमा छ।
चितवन र लुम्बिनीको समान चार अंक छ।
लुम्बिनीले पाँच खेल खेलिसकेको छ भने चितवनले चार खेलमात्र खेलेको छ।
रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ।
कर्णाली र पोखराको दुईदुई अंक छ।
तालिकामा कर्णाली छैटौं र पोखरा सातौं स्थानमा छन् भने पुछारमा रहेको जनकपुर अंकबिहीन छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
Copyright © 2024 | All rights reserved.