0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ मंसिर १७ गते बुधबार, इस्वीसंवत डिसेम्बर ३ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको त्रयोदशी तिथि बिहानमा १०ः०६ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा भरणी दिनमा ४ः५६ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध २४ घटि ४९ पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा काण रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २६ घटि ०६ पला अर्थात १० घण्टा ३० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः४० बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा २ः४३ बजे र अस्ताउने समय रातिमा ३ः२१ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस र प्रदोष व्रत गर्ने दिन रहेको छ ।
आजको राशिफल
मेषः आज समय शुभ छ । स्वास्थ्य पनि भरपर्दो रहनेछ । आज पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
वृषः आज समय खराब रहनेछ । आज घरायसी खर्चको जोहो गर्न अलि दौडधूप गर्नुपर्नेछ । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ने समय पनि रहेको छ। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
मिथुनः आज समय शुभ छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ।
कर्कटः आज समय मध्यम खालको छ । आज परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर-व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन सकिनेछैन । तर मिहिनेतले सफलता दिलाउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ। आज टाढाको यात्रा रमाइलो हुनेछ ।
सिंहः आज समय खराब छ, स्वास्थ्य भरपर्दो छैन । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला। साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। आज जे काम गर्दै हुनुहुन्छ, सतर्क भएर गर्नुहोला ।
कन्याः आज समय खराब छ । जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने छ । महत्वाकांक्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्न सक्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय रहेको छ । तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु राम्रो हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्न सक्छ ।
तुलाः आज समय शुभ रहनेछ । स्वास्थ्य पनि मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्य धन कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिनेछ । पढाइलेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै प्रगति पथमा अघि बढ्न सकिनेछ । आज शैक्षिक भ्रमण गर्न सकिनेछ ।
वृश्चिकः आज समय शुभ छ । व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुनेछैन । वौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ तर सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।
धनुः आज समय शुभ रहनेछैन । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नुहुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्न सक्ने परिस्थिति छ । पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । वायु रोगले सताउनेछ । मन अशान्त हुनेछ । पेट रोगले सताउने, यात्रामा कठिनाई, शोकपर्ने समाचार सुन्नु पर्नेछ, धैर्य गरी आफ्नो कार्यमा लग्नुहोला । ग्याष्ट्रिक्टले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला ।
मकरः आज समय शुभ रहने छैन । नीति नियम तथा कानून नमान्दा फन्दामा पर्न सकिन्छ, ध्यान दिनुहोला । सत्रुले दुःख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरू तपाईंका पक्षमा हुँने छैनन् । सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरू पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरू साँघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्यवस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ ।
कुम्भः आज समय शुभ छ । आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरू गरेका काम सजिलै सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । अढैया शनिको प्रभावले केही काम भने विग्रने सम्भावना रहनेछ ।
मीनः आज समय खराब छ । आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । त्यसकारण तपाइँको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ अर्थात आज स्वास्थ्य त्यति भरोषाको रहनेछैन । खानामा गडबढी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।
साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः३३ बजेदेखि ७ः५३ बजेसम्म लाभ बेला
बिहान ७ः५३ बजेदेखि ९ः१२ बजेसम्म अमृत बेला
बिहान ९ः१२ बजेदेखि १०ः३१ बजेसम्म काल बेला
बिहान १०ः३१ बजेदेखि ११ः५१ बजेसम्म शुभ बेला
बिहानमा ११ः५१ बजेदेखि १ः१० बजेसम्म रोग बेला
दिनमा १ः१० बजेदेखि २ः२९ बजेसम्म उद्धेग बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म चर बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०८ बजेदेखि ६ः४९ बजेसम्म अमृत बेला
साँझ ६ः४९ बजेदेखि ८ः३० बजेसम्म काल बेला
राति ८ः३० बजेदेखि १०ः१० बजेसम्म शुभ बेला
राति १०ः१० बजेदेखि ११ः५१ बजेसम्म रोग बेला
राति ११ः५१ बजेदेखि १ः३२ बजेसम्म उद्धेग बेला
राति १ः३२ बजेदेखि ३ः१३ बजेसम्म चर बेला
रातिमा ३ः१३ बजेदेखि ४ः५३ बजेसम्म लाभ बेला
रातिमा ४ः५३ बजेदेखि ०६ः३४ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.