0
प्रतिक्रिया
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम मुख्यतया सफा रहने जनाएको छ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण यस्तो सफा मौसम कायम रहने भएको हो।
महाशाखाका अनुसार दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ, तर बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, राति पनि देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ।
Copyright © 2024 | All rights reserved.