माघ ०३, २०८२, शुक्रबार

यस वर्षको शान्तबहादुर कोइराला स्मृति पुरस्कार गुरुङ्ग र दासलाई


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । यस वर्षको शान्तबहादुर कोइराला स्मृति पुरस्कार अपाङ्गताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका हेमबहादुर गुरुङ्ग र सरला दासलाई प्रदान गरिने भएको छ ।

गुरुङ्ग अपांग महासंघ गण्डकीका अध्यक्षसमेत हुन् भने दास अपांगताकै क्षेत्रमा सक्रिय रहँदै आएकी छन् ।

पोखराका युवा व्यवसायी सञ्जीवबहादुर कोइराला र उनका परिवारजनले पिता शान्तबहादुर कोइरालाको स्मृतिका स्थापना गरेको कोषबाट उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

पुरस्कारको राशि ५५ हजार पाँच सय ५५ नगद र सम्मानपत्र रहेको छ । यही पुरस्कार रकम गुरुङ्ग र दास प्रदान गरिनेछ ।

पुरस्कारको कोष सञ्चालन गर्दै आएको कोइराला सेवा समाज कास्कीले यही मंसिर २० गते पोखरामा हुने २०औँ साधारणसभाका अवसरमा गुरुङ्ग र दासलाई पुरस्कृत गर्ने कार्यक्रम छ ।

उक्त दिन गण्डकी प्रदेशका सामाजिक, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, समाजका केन्द्रीय अध्यक्ष मुरारी कोइराला, कोषका संरक्षक सञ्जीवबहादुर कोइरालालगायतले गुरुङ्ग र दासलाई पुरस्कार प्रदान गर्नेछन् ।

उक्त पुरस्कार यसअघि सावित्रीराज भण्डारीलाई प्रदान गरिएको थियो ।

शान्तबहादुर पोखराका लोकप्रिय व्यक्तित्व थिए । पोखरा-४ का पूर्वप्रधानपञ्च समेत रहेका शान्तबहादुरको स्मृतिमा जेठा छोरा सञ्जीवबहादुर र परिवारजनले १० लाख रुपैयाँको कोष कोइराला सेवा समाज कास्कीमा स्थापना गरेका छन्।

शान्तबहादुर आकस्मिक दुर्घटनामा परी अपांग जीवन व्यतित गर्दा विभिन्न प्रकारका अवहेलना सहनु परेको तीतो यथार्थलाई मनन गरी आफूले अपांगताको क्षेत्रमा सानो भए पनि सहयोग गर्न कोष स्थापना गरेको संरक्षक सञ्जीवबहादुर कोइरालाले बताए । यसले अपांगताको क्षेत्रमा थोरै भए पनि राहत पुग्ने कोइरालाको विश्वास छ ।

कोइलाले अब खेलकुदलगायतका क्षेत्रमा पनि योगदान पुर्याउन कोष स्थापना गर्ने सोच रहेको बताए ।

समाजका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजेन्द्रनीधि कोइराला, सचिव प्रकाश कोइराला र पुरस्कार छनोट समितिकी रजनी कोइरालालगायतले बोलेका थिए ।

कोइराला सेवा समाज कास्की २०५२ सालमा स्थापना भएको हो । समाजका हाल चार सय ९५ जना सदस्य छन् । कास्कीका ६ सय २५ घरधुरी र ६ हजार पाँच सय ७५ जना कोइराला छन्।

Copyright © 2024 | All rights reserved.