0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ मंसिर २२ गते सोमबार, इस्वीसंवत डिसेम्बर ८ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको चतुर्थी तिथि रातिमा ९ः२३ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु बिहानमा ९ः३२ बजेसम्म त्यसपछि तिष्य नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ब्रम्ह ४० घटि ४१ पलासम्म त्यसपछि ब्रम्ह योग लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा धूम्र रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २५ घटि ५९ पला अर्थात १० घण्टा २७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः४२ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ७ः३९ बजे र अस्ताउने समय भोलि बिहानमा ९ः१० बजे रहेको छ ।
आजको राशिफल
मेषः आज समय खराब रहनेछ । नचाहँदा नचाहँदा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ, सचेत रहनुहोला ।
वृषः आज समय शुभ छ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक काम समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउन चाहनेका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ ।
मिथुनः आज समय खराब छ । पढाई लेखाईमा मन नजाँदा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला । काम बिग्रने हुँदा मानसम्मानमा कमि हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्य लाभ लिन सकिने योग पनि रहेको छ ।
कर्कटः आज समय अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना छ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशि तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।
सिंहः आज समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुने हुँदा पढाइलेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला ।
कन्याः आज समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।
तुलाः आज समय राम्रो छ । राजनीति तथा समाजसेवामा समय दिनेले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिने छ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिने छ ।
वृश्चिकः आज समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढिनै संघर्ष गर्नुपर्ने छ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाइँको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा भने मन खिन्न हुने छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धित समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।
धनुः आज समय राम्रो रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्ने सक्रिय हुने छन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमानश्रीमती बीच मनमुटाव बढ्न योग रहेको छ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउने छैन ।
मकरः आज समय भरपर्दो रहने छैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पतिपत्नी बिच घरायीस कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचना बहिरिने हुदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्ने धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आइ सुरु गरेका काम सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिने छ ।
कुम्भः आज समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै सफलता हात पार्न सकिने छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने छ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
मीनः आज समय भरपर्दो रहने छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने सम्भावना रहेको छ । सामाजिक काम गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुने छ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचे जस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजमूलक कामबाट भनेजस्तै नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न हुनेछ ।
साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः३३ बजेदेखि ७ः५३ बजेसम्म अमृत बेला
बिहान ७ः५३ बजेदेखि ९ः१२ बजेसम्म काल बेला
बिहान ९ः१२ बजेदेखि १०ः३१ बजेसम्म शुभ बेला
बिहान १०ः३१ बजेदेखि ११ः५१ बजेसम्म रोग बेला
बिहानमा ११ः५१ बजेदेखि १ः१० बजेसम्म उद्धेग बेला
दिनमा १ः१० बजेदेखि २ः२९ बजेसम्म चर बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म लाभ बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०८ बजेदेखि ६ः४९ बजेसम्म काल बेला
साँझ ६ः४९ बजेदेखि ८ः३० बजेसम्म शुभ बेला
राति ८ः३० बजेदेखि १०ः१० बजेसम्म रोग बेला
राति १०ः१० बजेदेखि ११ः५१ बजेसम्म उद्धेग बेला
राति ११ः५१ बजेदेखि १ः३२ बजेसम्म चर बेला
राति १ः३२ बजेदेखि ३ः१३ बजेसम्म लाभ बेला
रातिमा ३ः१३ बजेदेखि ४ः५३ बजेसम्म अमृत बेला
रातिमा ४ः५३ बजेदेखि ०६ः३४ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
Copyright © 2024 | All rights reserved.