माघ ०३, २०८२, शुक्रबार

आज कस्तो रहला देशभरको मौसम ?


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

साथै, कोशी र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ।

आज राति गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ ।

Copyright © 2024 | All rights reserved.