0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले प्रविधिको दुरुपयोगका कारण विभिन्न खाले अपराध बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका बढ्दै गएको अनलाइन दुव्र्यवहार, साइबर बुलिङ, सामाजिक सञ्जालमार्फत हुने मानसिक उत्पीडन तथा गोपनीयता उल्लङ्घनका घटनामाथि गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
नागरिक समाज कास्की र मितेरी नारी समूहको सहकार्यमा महिला सञ्जाल पोखरा-६ बैदामले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा वडाध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।
उनले प्रविधि स्वयं समस्या होइन, यसको आरोप्य प्रयोग नै लैङ्गिक हिंसाको माध्यम बन्ने गरेको उल्लेख गरे ।
नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलले प्रविधिमैत्री तथा सुरक्षित डिजिटल वातावरण निर्माण गर्न स्थानीय सरकार, आमा तथा महिला समूह, विद्यालय, समुदाय र परिवारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए ।
सञ्जाल अध्यक्ष बबीताले लैङ्गिक हिंसा केवल भौतिक वा सामाजिक क्षेत्रमा मात्र सीमित नभएको बताइन् । उनले डिजिटल माध्यममार्फत पनि हिंसा बढ्दै गइरहेको हुँदा सशक्तीकरण र प्रविधिको जिम्मेवार उपयोगकै माध्यमबाट लैङ्गिक हिंसा न्यूनिकरण गर्न सकिने सन्देश दिएको स्पष्ट पारिन् ।
अध्यक्ष मल्लले संस्थाले १६ दिने अभियानलाई प्रभावकारी बनाउन आगामी दिनमा अझ सक्रिय रूपमा जागरुकता, प्रशिक्षण तथा परामर्श कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइन् ।
कास्की जिल्ला बार एशोसिएनका अध्यक्ष भगवती पहारीले डिजिटल साक्षरता, अनलाइन सुरक्षा, पासवर्ड संरक्षण, साइबर अपराधबाट जोगिने उपायका बारे विशेष प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा वडासदस्य पवित्रा थापा, नागरिक समाजका प्रवक्ता गोकुलबहादुर कार्की र मितेरी नारी समूहका अध्यक्ष ईन्दिरा पौडेलले बोलेका थिए ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित अन्तर संवाद तथा मानव अधिकार सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रम सञ्चालन सञ्जाल सचिव रेनु लामिछानेले गरेकी थिइन् । कार्यक्रममा स्थानीय तह, महिला/आमा समूह, नागरिक समाजका प्रतिनिधिकोसहभागिता थियो।
Copyright © 2024 | All rights reserved.