0
प्रतिक्रिया
पोखरा। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कास्की क्षेत्र नं ३ र कास्की २ मा उम्मेद्वार मनोनयन प्रक्रिया पूरा गरेको छ। दुवै क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ आकांक्षी नेताहरूको उल्लेख्य सहभागिता देखिएको छ।
कास्की क्षेत्र नं ३ मा सोमबार सम्पन्न मनोनयन कार्यक्रममा प्रत्यक्षतर्फ १६ जना र समानुपातिकतर्फ १३ जना गरी कुल २९ जनाले उम्मेद्वारीका लागि नाम दर्ता गराएका छन्।
प्रत्यक्षतर्फ मनोज गुरुङ, विजय गुरुङ, देवन्द्र केसी, महेन्द्रत पोखरेल, धर्मराज अधिकारी, सीता गुरुङ, डा. कृष्ण प्रसाद पौडेल, खीललाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर बराल, जीवनप्रसाद बास्तोला, भोलेश्वर पराजुली, रामप्रसाद अधिकारी, यामकृष्ण पौडेल र लक्ष्मीप्रसाद पौडेल उम्मेद्वार बन्ने लक्ष्यमा छन्।
यस्तै समानुपातिकतर्फ कृष्णकुमारी परियार, कमला बिन्दु बराल, विजयालक्ष्मी कोइराला, सीता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ, प्रभा सुवेदी, पशुपति भट्टराई, शारदा पौडेल, देवन्द्रकुमार शेरचन, जीतबहादुर गुरुङ, मनबहादुर विश्वकर्मा र भीमबहादुर गुरुङले चाहना गरेका हुन् ।
मनोनयन दर्तासँगै कास्की-३ मा आगामी निर्वाचनप्रति स्थानीय कार्यकर्ता तथा मतदातामा उत्साह र चहलपहल बढ्दै गएको देखिन्छ। क्षेत्रीय समितिले संकलन गरेका नाममा सहमतिको प्रयास गरिने र अन्तिम निर्णय भने केन्द्रिय संसदीय बोर्डले लिने कांग्रेसले जनाएको छ।
यता कास्की क्षेत्र नं २ मा प्रत्यक्षतर्फ १३ जना र समानुपातिकतर्फ ६ जना गरी १९ जनाले आकांक्षा राखेका छन् ।
प्रत्यक्षतर्फ वीरेन्द्र नारायण बिजुक्छे, देवराज गुरुङ, ऋषिराम काफ्ले, माधवप्रसाद बास्तोला (मधु), सिरोजविजय कोइराला, ई. सिरस बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल र माइकल कर्माचार्यले चाहना गरेका छन् ।
यस्तै समानुपातिकतर्फ रङ्गीला आचार्य, उमा ठकुरी, शान्तिकुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइरालाले इच्छा जाहेर गरेका छन् ।
कांग्रेसको विधानअनुसार क्षेत्रीय समितिले संकलन गरेका नामहरूमा सम्भावित सहमतिको प्रयास गरिनेछ। सहमति नजुटेमा सबै नाम रायसहित जिल्ला र प्रदेश पार्टी तह हुँदै केन्द्रमा पठाइनेछ। दुवै क्षेत्रका अन्तिम उम्मेद्वारको टुंगो नेपाली कांग्रेस केन्द्रीय संसदीय बोर्डले लगाउनेछ।
Copyright © 2024 | All rights reserved.