0
प्रतिक्रिया
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पहिलो क्वालिफायर खेल हुँदैछ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने यस प्रतिस्पर्धामा लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन्।
लिग तालिकामा सुदूरपश्चिम (सातमध्ये ६ जित) शीर्ष स्थानमा र विराटनगर (सातमध्ये ५ जित) दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न पक्का गरेका हुन्।
लिग चरणमा सुदूरपश्चिमले विराटनगरसँग मात्रै पराजय भोगेको थियो भने विराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको थियो।
आजको खेलको विजेता टोली सिधैँ एनपीएलको फाइनलमा प्रवेश गर्नेछ।
पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को अवसरस्वरूप इलिमिनेटर खेल खेल्ने मौका पाउनेछ।
Copyright © 2024 | All rights reserved.