माघ ०३, २०८२, शुक्रबार

छोरेपाटन सहकारीको अध्यक्षमा बराल


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा-१७, छोरेपाटनमा रहेको छोरेपाटन  वचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा तथा छैटौं अधिबेशनले मातृका प्रसाद बरालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गर्दै शनिबार सम्पन्न भयो ।

उपाध्यक्षमा ढकमाया भुजेल, सचिवमा इश्वर प्रसाद भट्टराई, कोषाध्यक्षमा दिल बहादुर बराल, सदस्यहरुमा नारायण बहादुर खत्री, आशिष कुमार बराल, अर्जुन प्रसाद बराल बिनीता अर्याल र मञ्जु खत्री सर्वसम्मत चयन भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा शिव प्रसाद पौडेल र सदस्यहरु धुर्वराज बराल र केदार पौडेल चयन भएका छन् ।

भुपराज पोख्रेलको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा लक्ष्मण बास्तोला र ई. बाबुराम बराल सदस्य रहेका थिए ।

साधारण सभाको पोखरा महानगर सहकारी समितिका विज्ञ सदस्य नारायण प्रसाद आचार्यले उद्घाटन गर्दै केहि सहकारीहरुको व्यवस्थापनमा देखिएको समस्याको कारण अन्य सहकारीहरुलाई समेत असर परेको हुदाँ सहकारी निति नियमको परिधिभित्र रहेर संचालन गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ की वडा सदस्य बिष्णु कुमारी भुजेल, गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मुण बास्तोला, सम्मानित ब्यक्ति कर्णबहादुर थापा क्षेत्री, सल्लाहकार देवी प्रसाद बस्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा जेष्ठ शेयर सदस्यहरु कर्णबहादुर थापा क्षेत्री र विष्णु कुमारी गुरुङ, उत्कृष्ट कारोवार कर्ता देवी बराल र नारायण बहादुर खत्री, उत्कृष्ट बचत कर्ताहरु राजेश श्रेष्ठ र नवीन गुरुङलाई सम्मानपत्र दोसल्लाले सम्मान गरिएको थियो ।

त्यसै गरी शेयर सदस्यका छोराछोरीहरु समिक्षा पोख्रेल, नविना रेग्मी, सुदिक्क्षा बराल, सुदर्शन राज बराल, श्रेया तिवारी, खुस्बु सुवेदी, दिया गुरुङ र समिक्षा पहारीलाई नगद तथा सम्मानपत्र द्धारा सम्मानित गरिएको थियो ।

सभामा अध्यक्ष रवीन्द्रराज बरालले वार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष दिल बहादुर बरालले आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिबेक्षण समितिका संयोजक चिन्तामणी शर्माले लेखा प्रतिवेदन र शिक्षा उपसमिति सदस्य बिनिता अर्यालले सहकारीका सात सिद्धान्त बाचन गरेका थिए ।

संस्थाका अध्यक्ष रवीन्द्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उप समिति संयोजक ज्ञानेश्वर सुबेदीले र संचालन सचिव राम प्रसाद नेपालले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.