फागुन १८, २०८२, सोमबार

एनपीएल: दोस्रो क्वालिफायरमा काठमाडौँ र लुम्बिनी आज भिड्दै


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४:०० बजे महत्त्वपूर्ण इलिमिनेटर खेल हुँदैछ।

यो खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौँ गोर्खाज र चौथो स्थानमा रहेको लुम्बिनी लायन्स भिड्दैछन्।

लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।

आजको खेल जित्ने टोलीले दोस्रो क्वालिफायर मा प्रवेश पाउनेछ, जहाँ उक्त विजेता टोलीले भोलि (मङ्सिर २५ गते) पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको विराटनगर किङ्ग्स सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको फाइनलमा पुगेको छ ।

Copyright © 2024 | All rights reserved.