माघ ०३, २०८२, शुक्रबार

बीमा सम्वन्धित छलफल तथा अन्तरक्रिया


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले कास्कीका पत्रकारसँग बीमा सम्वन्धित छलफल तथा अन्तरक्रिया गरेको छ ।

बीमाको आवश्यकता र महत्वलाई विशेष प्राथमिकतामा राखेर प्राधिकरणले मंगलबार नेपाल पत्रकार महासंघ कास्कीका प्रत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

बीमाको विषयमा जानकारी सहितको प्रस्तुती रहेको अन्तरक्रियामा बीमासँग सम्वन्धित बिमित कम्पनिका प्रतिनिधिहरु र कास्कीमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रले बीमा र गण्डकी प्रदेशको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए ।

आर्थिक दायित्वबाट सुरक्षित रहन र जोखिम हस्तान्तरण गर्न बीमाको उपयोग सबैले गर्नुपर्ने उनले सुझाए । साथै बीमाको महत्व निकै ठुलो रहेको हुँदा बीमाको बारेमा सञ्चारकर्मीले प्रचारप्रसार गरि आम सर्वसाधारणसम्म जानकारी पुराईदिन समेत मिश्रले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले आम जनतामाझ बीमाको विषय अझै बुझाउन नसकिएको तथा बीमालाई झण्झटरहित सेवामुखि बनाउनुपर्नेमा जोड दिए ।

यता बीमाका विषयमा बिमितले भोगेका समस्याको विषयमा समेत सहभागिबाट आवाज उठेको थियो । भुक्तानी प्रक्रिया निकै झण्झटीलो भएकाले सेवालाई छिटो छरितो बनाउनुपर्ने जोड सहभागिको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल, नेपाल सर्भेयर एसोशियशन कास्कीका संयोजक बुद्धीराज अधिकारी, रामजी प्रसाद बराल, बिनोद सापकोटालगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

प्राधिकरण गण्डकीका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कबिता पण्डेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए ।

बीमा के हो, यसको आवश्यकता र महत्वलाई जनतामाझ सुसुचित गराउने अन्तरक्रियाको मुख्य उद्देश्य रहेको नेपाल बीमा प्राधिकरण गण्डकीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.