माघ ०३, २०८२, शुक्रबार

रेडक्रसको रक्तदानमा १९ युनिट रगत संकलन


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमममा १९ जनाले रक्तदान गरेको छन् ।

रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मीला खड्काले उद्घाटन गरेका थिए ।

खड्काले रक्तदानको आँफैमा विशिष्ट महत्व भएको बताउँदै रक्तदान जीवनदान भएको बताए ।

शाखाका सभापति विन्दुराज तिवारीले शाखाले समाजिक उत्तरदायित्वसँगै आफ्नो नियमित कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिएको बताए ।

कार्यक्रममा परोपकार आमा समूह, गगन नेवाः खल, पूर्णद्वीप पौडेल, घनश्याम खनाल, शिखर नेट, विष्णुबहादुर बस्नेत, खेम गुरुङलगायतले विभिन्न किसिमका सहयोग गरेका थिए ।

शाखा सभापति विन्दुराज तिवारीको सभापतित्व एवं सचिव विष्णुबहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपसभापति विमला थापा बस्नेतले गरेका थिए भने रेडक्रसका सात सिद्धान्त वाचन सदस्य देवी तिवारीले गरेकी थिइन्।

कार्यक्रममा शाखाका निवर्तमान सभापति किसान परियार, रेडक्रस जिल्ला शाखा कास्कीका सदस्य एवम् वडा नं ३२ सहजकर्ता सुवास अधिकारी र वविता सुवेदी, शरणकुमार प्रधान, मोहनकुमार प्रधान, भरत थापा लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.