माघ ०३, २०८२, शुक्रबार

चाँदीको भाउमा उछाल, सुनको कति ?


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ समान्य र चाँदीको भाउ ह्वात्तै बढेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई सय र चाँदीको एक सय ५० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यता, मूल्य ह्वात्तै बढेसँगै बुधबार असली चाँदीको भाउ प्रतितोला तीन हजार सात सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउ यसअघि मंगलबार प्रतितोला तीन हजार छ सय रुपैयाँ रहेको थियो ।

Copyright © 2024 | All rights reserved.