0
प्रतिक्रिया
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
आज बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
यद्यपि, कोशी प्रदेश, मधेश प्रदेशका तराई भू-भाग र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकाका एक-दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको छ।
दिउँसोको पूर्वानुमान अनुसार, कोशी प्रदेशको उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, राती देशभर मौसम मुख्यतया सफा रहनेछ।
Copyright © 2024 | All rights reserved.