माघ ०३, २०८२, शुक्रबार

एनपीएलको फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ, जहाँ लुम्बिनी लायन्स र विराटनगर किङ्स फाइनल प्रवेशका लागि भिड्दैछन्। खेल आज अपराह्न ४:०० बजे शुरू हुनेछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

यता लुम्बिनी लायन्सले भने इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर यहाँसम्मको यात्रा तय गरेको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएकाले आजको खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

आज विजयी हुने टोलीले उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको सुदूरपश्चिम रोयल्ससँग मङ्सिर २७ गते सामना गर्नेछ।

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको क्वालिफायरमा पुगेको छ। बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी फाइनल प्रवेशका लागि क्वालिफायरमा पुगेको हो ।

११२ रनको सामान्य चुनौती लुम्बिनीले १७ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियन खेलाडी डार्चि शर्टले ३३, सन्दीप जोराले २३ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

यसअघि खेलमा टस जितेर काठमाडौँले पहिले ब्याटिङ गर्दै  १९ ओभर १ बलमा सबै विकेट गुमाएर १११ मात्ररन बनायो । सन्तोष यादवले २३ रन बनाए । मोहम्मद अदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाए भने भीम शार्कीले १४ रन बनाए ।

शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिए । त्यस्तै रुबेन ट्रम्पेल्मानले २ विकेट लिए ।

काठमाडौँ लिग चरणमा तेस्रो स्थानमा रहेर तथा लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटर खेलेको थियो ।

विजेता लुम्बिनीले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँ ७७ रनले पराजित हुँदै विराटनगर फाइनल पुग्न पाएको थिएन ।

विराटनगरले अर्को अवसर पाउनेछ । यता सुदूरपश्चिम भने लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । पहिलो संस्करणमा जनकपुर बोल्टससँग फाइनलमा पराजित भएको सुदूर यसपालि उपाधि नै जित्ने लयमा छ ।

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्समाथि शानदार ७७ रनको जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

Copyright © 2024 | All rights reserved.