माघ ०३, २०८२, शुक्रबार

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको फाइनलमा पुगेको छ। विराटनगर किंग्समाथि सनसनीपूर्ण प्रदर्शन गर्दै लुम्बिनी फाइनलमा पुगेको हो ।

लुम्बिनी ४० रनले विजय भयो । जितका लागि १३५ रनको चुनौती पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा अलआउट हुँदै ९४ रनमात्र बनायो ।

विराटनगरका लागि साम हाज्लेटले ३४ तथा नरेन भट्टले २१ रन बनाए । तिलक भण्डारीले ३ तथा जे स्मिथ, अभिशेक गौतम र रुबेन ट्रम्पलेम्यानले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनायो । डार्चि शर्टले ४५, रोहित पौडेलले ३४ तथा निरोशन डिकेवालाले २९ रन जोडे । सुबाश भण्डारी र प्रतिश जीसीले समान ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए ।

अब उपाधिका लागि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । लुम्बिनी पहिलोपटक फाइनलमा पुगेको हो भने सुदूर लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

खेलमा विराटनगरले टस जितेर पहिले बलिङ रोजेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पुगेको हो ।

विराटनगर भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर फेरि दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

Copyright © 2024 | All rights reserved.