0
प्रतिक्रिया
रौतहट । रौतहटमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नं ३ सिगौलका ७९ वर्षका भक्तबहादुर खत्री छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र०३-००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा३ ६१९३ नंको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङका अनुसार दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर-६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन् । उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी लाबुङले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.