0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ मंसिर २७ गते शनिबार, इस्वीसंवत डिसेम्बर १३ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको नवमी तिथि साँझमा ७ः४४ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तराफाल्गुनी बिहानमा ९ः५१ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा आयुष्मान २१ घटि ४९ पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान २५ घटि ५३ पला अर्थात १० घण्टा २५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः४७ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः४४ बजे र अस्ताउने समय भोलि दिनमा १२ः४८ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज कन्या राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम शुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । आज प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ ।
वृषः आज साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षी समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । घरमा वैवाहिक प्रसंग चल्न सक्ने दिन पनि आजै रहेको छ ।
मिथुनः आज कन्या राशिको चन्द्रमाले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । स्वास्थ्य बाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिने, बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।
कर्कटः आज प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रशन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्न सक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ ।
सिंहः आज शत्रुस्थानको चन्द्रमाको प्रभावले जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क ह्ुन आवश्यक छ । बादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला किनकी नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउने हुदा काम गर्न अफ्ठ्यारो महसूस हुनेछ । दाजुभाइ तथा छिमेकीसँग पनि मनमुटाव बढ्नेछ ।
कन्याः आज आफ्नै राशिको चन्द्रमाको प्रभावले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुने ग्रह गोचर रहेको छ ।
तुलाः आज शत्रुस्थानको चन्द्रमाको प्रभावले दैनिक कार्यमा विघ्नबाधा आउनेछ । बिभिन्न अवसर आएपनि ती अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्इंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाइ हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेका लागि आलोचना बढ्ने देखिन्छ ।
वृश्चिकः आज व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला । तर आर्थिक अभावले सताउन सक्ने र अस्पतालमा खर्च गर्नुपर्ने परिस्थिति रहेकाले सतर्क हुनुपर्नेछ ।
धनुः आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । आज आफन्तसँग भेटघाट गर्ने र नयाँ व्यवसायको थालनी नगर्दा नै राम्रो हुनेछ ।
मकरः आज स्वास्थ्य सबल रहनेछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।
कुम्भः आज स्वास्थ्यमा समस्या आउन सक्छ । बोली-वचनमा अलि सजग रहनुपर्ला। हातबाट धन बाहिरिने सम्भावना देखिएको छ । कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिक जस्तै फाइदा भइरहनेछ । क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ । समय खराब रहेकाले यात्रा नगर्दा राम्रो हुने देखिन्छ । यात्राका क्रममा आफ्नो धनमालको सुरक्षामा निकै सतर्क हुनुहोला ।
मीनः आज लाभ हानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन । काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । आज खानपानमा ध्यान दिन सकिए निकै राम्रो हुनेछ ।
साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः४२ बजेदेखि ८ः०१ बजेसम्म काल बेला
बिहान ८ः०१ बजेदेखि ९ः१९ बजेसम्म शुभ बेला
बिहान ९ः१९ बजेदेखि १०ः३७ बजेसम्म रोग बेला
बिहान १०ः३७ बजेदेखि ११ः५५ बजेसम्म उद्धेग बेला
बिहानमा ११ः५५ बजेदेखि १ः१४ बजेसम्म चर बेला
दिनमा १ः१४ बजेदेखि २ः३२ बजेसम्म लाभ बेला
दिनमा २ः३२ बजेदेखि ३ः५० बजेसम्म अमृत बेला
दिनमा ३ः५० बजेदेखि ५ः०९ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०९ बजेदेखि ६ः५१ बजेसम्म शुभ बेला
साँझ ६ः५१ बजेदेखि ८ः३२ बजेसम्म रोग बेला
राति ८ः३२ बजेदेखि १०ः१४ बजेसम्म उद्धेग बेला
राति १०ः१४ बजेदेखि ११ः५६ बजेसम्म चर बेला
राति ११ः५६ बजेदेखि १ः३८ बजेसम्म लाभ बेला
राति १ः३८ बजेदेखि ३ः१९ बजेसम्म अमृत बेला
रातिमा ३ः१९ बजेदेखि ५ः०१ बजेसम्म काल बेला
रातिमा ५ः०१ बजेदेखि ०६ः४३ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.