0
प्रतिक्रिया
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि लुम्बिनी रोयल्सले जितेको छ ।
शनिबार साँझ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले सहजै पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
पहिलो संस्करणको पुछारमा रहेर लिग सकाएको लुम्बिनीले यसपालि फड्को मार्दै उपाधि जितेको हो ।
८६ रनको झिनो चुनौती लुम्बिनीले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । यो एनपीएलको सबैभन्दा कम ओभरमा हासिल गरेको सफलता हो ।
दिनेश अधिकारीले १३ बलमा ५ छक्काको मद्धतले ४२ रन जोडे । कप्तान रोहित पौडेलले १६ रन बनाए ।
यसअघि खेलमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै खराब प्रदर्शन गर्ने क्रममा १९ ओभर १ बलमा अलआउट हुँदै ८५ रन बनायो ।
ईशान पाण्डेले ५१ बलमा ३३ रन जोडे । कप्तान दिपेन्द्र सिंह ऐरीले २० बलमा १३ रन बनाए ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पेल्म्यानले समान ३ विकेट लिए । तिलक भण्डारीले १ विकेट लिए ।
रोहितले ११औँ ओभरमा ह्याट्रिक गरे । कुनै पनि फाइनलमा भएको यो पहिलो ह्यट्रिक गरेर रोहितले कीर्तिमानमात्र बनाएका छैनन् ।
योसँगै उनी प्लेयर अफ द सिरिज भएर कार जित्ने प्रमुख दावेदार बने ।
दुवैले यसअघि उपाधि नजितेकाले एनपीएलले आज नयाँ च्याम्पियन पाएको हो ।
साविक विजेता जनकपुर बोल्ट्स लिगको पुछारमा रहेर बाहिरिएपछि एनपीएलले नयाँ च्याम्पियन पाएको हो ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको थियो ।
लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
गत संस्करणमा लिग चरणको पुछारमा रहेर बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यस पटकको लिग चरणमा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो ।
उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार जितेको छ ।
दोस्रो हुने सुदूरपश्चिमले ५१ लाख, तेस्रो विराटनगरले २५ लाख र चौथो काठमाडौँले १५ जितेको छ । विराटनगर तेस्रो तथा काठमाडौँ चौथो भएको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा गत मंसिर १ गतेदेखि भएको प्रतियोगितामा आठ टोली सहभागी भए ।
रोहित पौडेलले जिते कार र मोटरसाइकल
लुम्बिनीलाई उपाधि दिलाउन अलराउन्ड प्रदर्शन गरेका कप्तान रोहित पौडेलले कार जितेका छन् । उनले २७६ रन बनाउनुका साथै १० विकेट लिए ।
उनी बेष्ट ब्याटर हुँदै मोटरसाइकलसमेत जितेका छन् । लुम्बिनीले पहिलो खेलमा जितपछि लगातार तीन खेल हारेको थियो ।
त्यसपछि लगातार ६ खेल जित्दै उपाधि नै जित्यो । फाइनल अफ द मोमेन्ट लुम्बिनीका दिनेश अधिकारीले जिते । उनले एक लाख पाए । उनले फाइनलमा १३ बलमा ४२ रन बनाए ।
१७ विकेटसहित राम्रो रनरेटका कारण विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर हुँदै पल्सर बाइक जिते । सर्वाधिक रनसहित प्लाटिनम क्याप ३२५ रन बनाएका एडम रिसङटन भए ।
लुम्बिनीका इमर्जिङ खेलाडी हुँदै शेर मल्लले पल्सर बाइक जिते । इनर्जेटिक खेलाडी सुदूरपश्चिमका अविनाश बोहरा भए । १७ विकेट लिएका उनले २ लाख जिते ।
पाँच लाख रुपैयाँको प्लेयर अफ द टुर्नामेन्ट १५ विकेट लिएका लुम्बिनीका नामिबियन खलाडी रुबेन ट्रम्पेलेम्यानले जिते ।
Copyright © 2024 | All rights reserved.