माघ ०३, २०८२, शुक्रबार

जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित भएका छन् ।

आगामी कार्यकाल (२०८२/२०८५) को निम्ति अध्यक्ष तथा सदस्यको लागि भएको निर्वाचनमा २ सय ७ मत ल्याएर पहारी निर्वाचित भएका हुन् । 

सञ्चालक समिति अध्यक्षका अर्का प्रत्यासी विष्णुप्रसाद बरालले एक सय ७३ मत ल्याएका छन् ।

निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालका अनुसार अध्यक्ष पदमा ३ सय ८६ मत खसेकोमा ६ मत बदर भएको छ । क्याम्पस सञ्चालक समितिका सदस्यमा ११ जना निर्वाचित भएका छन् ।

निर्वाचित हुने सदस्यमा हेमबहादुर थापा (पराजुली), लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, गणेशबहादुर अधिकारी, नम्रता बराल, गिरिराज चालिसे, इन्द्रप्रसाद पौडेल, इञ्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल, विश्वकुमार विजुक्छे, पदमबन्धु पोखरेल छन् । 

क्याम्पसको सञ्चालक समितिको सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष पहारीले क्याम्पसको समृद्धि, सुशासन र शैक्षिक उत्कृष्टताका लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाए ।

Copyright © 2024 | All rights reserved.