माघ ०३, २०८२, शुक्रबार

कांग्रेस धादिङ समितिको रक्तदानमा ६४ युनिट रगत संकलन


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले राजेश बुढामगरलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

उक्त अवसरमा सभापति बरालले रक्तदान मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए ।

रक्त अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्दै निरन्तर रुपमा रक्तदान जस्ता कार्यक्रम आयोजना गर्नु कांग्रेसजनको दायित्व भएको बताए।

बरालले नेपाली कांग्रेस जनताको दुःख-सुखमा सधैं साथमा रहेको पार्टी भएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे।

नयाँ सम्भावनाको खोजी गर्दै पोखरा आएका धादिडेको समग्र विषयमा पार्टीलाई जोड्ने बताए ।

नेता तथा कार्यकर्तालाई उत्पादनमा जोड्न सुझाव दिँदै उनले स्थानीय उत्पादनको बजारीकरण गर्न आग्रह गरे । उनले उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न अनुरोध गरे ।

नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले कास्की र धादिङ एकअर्काका परिपूरक भएको भन्दै धादिङे बिनाको कास्की कल्पना गर्न नसकिने बताए ।

समिति सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ, महिला सञ्जाल पोखरा-६ का अध्यक्ष बबिता मल्ल, धादिङ त्रिपुरा बराही महिला समूहका वरिष्ठ उपाध्यक्ष रचना अधिकारी, नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका अध्यक्ष रामकुमार घिमिरे, नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिका संस्थापक सभापति केदार धमला, पूर्वसभापति लालप्रसाद पाठक, वरिष्ठ उपसभापति माधव लम्साल, सचिव श्यामबहादुर इटनी, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक लालप्रसाद ढकाललगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.