माघ ०३, २०८२, शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको हो । 

सुन यसअघि गत असोज ३१ मा दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेको सुनको भाउ पछिल्ला दिनमा बढ्दै आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार छ सय रुपैयाँका कारोबार भएको थियो ।

यता, आइतबार असली चाँदीको भाउ भने घटेको छ ।

मूल्य घटेसँगै आइतबार प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी यसअघि गत शुक्रबार प्रतितोला तीन हजार नौ सय पाँच रुपैयाँ पुगेको थियो । 

Copyright © 2024 | All rights reserved.