माघ ०३, २०८२, शुक्रबार

देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता छ : महामन्त्री थापा


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले विगतमा झैँ अहिले पनि त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको बताए ।

देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताए ।

ठिक ढंगले काम गर्नसके निर्वाचन आँफै जितिने उनको विश्वास छ ।

महामन्त्री थापाकाअनुसार राम्रो काम गर्नसके मतदाता आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताए ।

नेपाली कांग्रेसलाई मतले पछ्याउन सक्ने बनाउनुपर्ने उनले बताए ।

महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली कांग्रेसको नभएको पनि बताए ।

भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताए ।

नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी काँग्रेसको भएको बताए।

Copyright © 2024 | All rights reserved.