0
प्रतिक्रिया
लेखनाथ। लेखनाथ जेसीजको २८औं अध्यक्षको रूपमा सर्वेन्द्र न्यौपाने चयन भएका छन् ।
लेखनाथ जेसीजको २७औं शाखा अधिवेशन तथा २८औं वार्षिक साधारण सभाले वर्ष २०२६ का लागि न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा आकाश बराल र निशान गौतम परियार चयन भएका छन् भने उपाध्यक्षमा सुशान्तमणि दाहाल, विनया जमरकट्टेल, विश्वास बराल र नवीन अधिकारी छन् ।
यसैगरी समितिको महासचिवमा रसिसहरि भण्डारी, शाखा सम्पादकमा ध्रुवराज घिमिरे, कानूनी सल्लाहकारमा मौसम बराल र कोषाध्यक्षको जिम्मेवारी सुशील ढुंगानाले पाएका छन् भने सचिवमा शिवानी केसी चयन भएकी छन् ।
Copyright © 2024 | All rights reserved.