माघ ०३, २०८२, शुक्रबार

कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता


Advertisement Image
clock icon 4 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् ।

सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर बिनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताएका थिए ।

उनले नम्बर बिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउनसमेत सभापतिको ध्यानाकर्षण गराए ।

पार्टीभित्र कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी पार्टीको महाधिवेशन र आम निर्वाचनमा खटाउन कोइरालाले आग्रह गरे ।

भेटमा कोइरालासँगै पार्टीका नेता एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजाल पनि देउवा निवास पुगेका थिए । कांग्रेसको महाधिवेशन पुस अन्तिममा हुने कार्यतालिका छ ।

Copyright © 2024 | All rights reserved.