0
प्रतिक्रिया
पोखरा । कपडा व्यवसायी एशोसिएसन कास्की र युनाइटेड रिफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सम्झौता भएको छ ।
यो सम्झौतासँगै युआरएलमा कपडा व्यवसायी एसोसिएशनमा आवद्ध सदस्यले प्रयोगशाला परीक्षण सेवामा ३० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।
एसोसिएशनका अध्यक्ष लेखनाथ पौडेल र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाले आपसी सहकार्यलाई निरन्तरता दिँदै सदस्यहरूको हितमा थप कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
एसोसिएशनका सदस्यहरूको स्वास्थ्य जाँचलाई सहज, सुलभ र किफायती बनाउने उद्देश्यले सम्झौता गरिएको अध्यक्ष पौडेलले बताए ।
युआरएल अध्यक्ष पन्थले मानवीय एवं पुण्य कार्यका लागि सहकार्य गर्ने अवसर प्रदान गरेकामा आभार व्यक्त गरे ।
कार्यक्रमको संयोजन एसोसिएशनका महासचिव पूर्ण थापाले गरेका थिए ।
एसोसिएशनले यसअघि पोखराकै दृष्टि आँखा अस्पतालसँग पनि सम्झौता गरेको थियो ।
Copyright © 2024 | All rights reserved.