माघ ०३, २०८२, शुक्रबार

सकियो एमालेको मतदान


Advertisement Image
clock icon 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान २२ घण्टा लगाएर सकिएको छ ।

भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेबाट शुरु भएको मतदान बिहीबार बिहान पौने ७ बजे सकिएको हो ।

दुई हजार २६३ मतदाता रहेकामा दुई हजार २२७ मतमात्र खसेको निर्वाचन आयोगले जनाएको छ । ३६ जनाले मतदान गरेनन् । यो आँकडाअनुसार ९८.४ प्रतिशत मत खसेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीबाट मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशी अनुपस्थित भए । त्यस्तै निर्वाचन आयोगकै समिर नेपाल र रचना राजोपाध्यायले मतदान गरेनन् ।

अरु त अरु अनुशासन आयोगकै पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेलले मतदान गरेनन् । लेखा आयोगका अशोक केसीसँगै धनश्याम कोइराला र संजीव रोकायालेसमेत मत हालेनन् ।

महाधिवेशन प्रतिनिधितर्फ कृष्णमाया भुजेल (झापा), लक्ष्मी यादव (बारा), शत्रुधनप्रसाद सिंह (सिराहा), राजेन्द्रप्रसाद यादव (पर्सा), अशु आनन्द (पर्सा), मनोजकुमार गुप्ता (पर्सा), विजय कापर (सप्तरी), जितेन्द्र चौधरी (महोत्तरी), दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला,  गिरिराज बेलबासे, राजेन्द्र अर्याल (गुल्मी), मीना पोख्रेल, गोमा नेपाली, पल्लवराज भट्ट, तिलक रिजाल र तेजकुमार विकले मत नहालेका हुन् ।

मतगणना भने १० बजे आसपासमात्र शुरु हुने एमाले निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले जानकारी दिए । मतगणना भने विद्युतीय भएकाले छिटै सकिने छ ।

विद्युतीय मेसिनको प्रयोग गरी भएको मतदानमा यति धेरै लामो समय लाग्दा भने अचम्मै भएको छ । मतदान गरी पूरा गर्न एक जनाले तीन घण्टासम्म लगाएको पाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीलेसमेत एक घण्टा समय लगाएको जनाइएको थियो । रातभर मतदानका लागि लाइनमा बस्दा भने मतदातालाई कष्ट भएको छ । नेतृत्वका लागि ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।

Copyright © 2024 | All rights reserved.