0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ ।
बुधबारको तुलनामा सुनको भाउ तोलामा सात सय र चाँदीको २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ५९ हजार सात सय रुपैयाँ रहेको थियो ।
सुनको भाउ हालसम्मै उच्च गत सोमबार प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।
यता, बुधबार प्रतितोला चार हजार ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
Copyright © 2024 | All rights reserved.